काठमाडौंमा उबरको परीक्षण सेवा सुरु, सीइओ केसी भन्छन्- 'औपचारिक घोषणा केही दिनमै हुन्छ'
ictsamachar.com

काठमाडौं । विश्वकै चर्चित राइड-हेलिङ प्लेटफर्ममध्ये एक अमेरिकी कम्पनी उबरले नेपाली बजारमा अनौपचारिक रूपमा प्रवेश गरेको छ । काठमाडौं उपत्यकामा ‘टेस्ट लन्च’ मार्फत सेवा सुरु गर्दै उबरले नेपालमा आफ्नो उपस्थिति विस्तारको संकेत दिएको हो । यससँगै काठमाडौंका यात्रुहरूले अब उबर एपमार्फत विभिन्न गन्तव्यका लागि राइड बुक गर्न सक्ने भएका छन् ।
उबरको नेपाल प्रवेश स्थानीय राइड-हेलिङ कम्पनी ट्याक्सीमाण्डुसँगको रणनीतिक साझेदारीमार्फत भएको हो । ट्याक्सीमाण्डुका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अर्जुन केसीका अनुसार हाल सेवा परीक्षण चरणमा सञ्चालन भइरहेको छ र औपचारिक घोषणा केही दिनभित्र गरिने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)