मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपूर्वविरुद्ध फौजदारी अभियोगमा ४ मुद्दा, ५ वर्षसम्म कैद दाबी

ekantipur.com · Thu Oct 20 00:46:51 GMT 2022

काठमाडौँ — कमेडियन अपूर्व क्षितिज सिंहविरुद्ध सरकारले काठमाडौं जिल्ला अदालतमा बुधबार चार अलग–अलग मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले तयार पारेको एउटै अभियोगपत्रमा अपूर्वले फौजदारी अपराध संहिता २०७४ का दफा ६५, १६५, १६६ र १६८ अनुसार कसुर गरेको जिकिर गरिएको छ ।

अभियोगपत्रमा अपूर्वले दफा १६६ को उपदफा १ बमोजिम जातीय भेदभाव गरेको भन्दै त्यसैको उपदफा २ बमोजिम ३ वर्षसम्म कैद वा तीन हजारसम्म जरिवाना वा दुवै मागदाबी गरिएको छ । अपमानजनक वा अमानवीय व्यवहार गरेको अभियोगमा दफा १६८ को उपदफा २ बमोजिम पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना दाबी गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)