मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैकुण्ठ अर्याल मुख्यसचिव, बैरागी राष्ट्रिय सुरक्षा सल्लाहकार 

nayapatrikadaily.com · Fri Jun 16 00:14:00 GMT 2023

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव रहेका डा. वैकुण्ठ अर्याललाई सरकारले बिहीबार मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गरेसँगै मुख्यसचिवमै रहेका शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने निर्णय भएको छ ।

अर्याल यही ३ असारमा पाँचवर्षे सेवा अवधिका कारण सचिवबाट निवृत्त हुँदै थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै कार्यरत रहेका उनी हाल कायम रहेकामध्ये वरिष्ठतम सचिव हुन् । सेवानिवृत्त हुन तीन दिनअघि मात्र सरकारले उनलाई मुख्यसचिव बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)