२ अर्ब ऋण तिर्न नसकेको औषधि लिमिटेडले अझै ऋण थप्दै
ekantipur.com · Sat Jan 27 00:48:09 GMT 2024
काठमाडौँ — सरकारसँग लिएको ऋण र ब्याज गरी करिब २ अर्ब रुपैयाँ तिर्न नसकिरहेको नेपाल औषधि लिमिटेडले कर्मचारीको तलब भत्ताका लागि थप ऋण लिने प्रक्रिया अघि बढाएको छ । उद्योगले अर्थ मन्त्रालयबाट २५ करोड रुपैयाँ ऋण लिन लागेको हो । अर्थ मन्त्रालयले ऋण दिनेबारे छलफल भइरहेको तर निर्णय नभइसकेको जनाएको छ ।
कर्मचारीको तलब भत्तामा उद्योगको ऋण बढिरहे पनि उत्पादन भने न्यून छ । कुनै बेला १४६ थरीका औषधि उत्पादन गर्ने उद्योगले हाल सिटामोल र जीवनजल मात्र उत्पादन गर्दै आएको छ । उत्पादन ठप्पप्रायः हुँदा उद्योग निरन्तर घाटामा छ । उद्योगको ५ वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष घाटामा सञ्चालन भइरहेको छ । आव २०७४/७५ मा औषधि बिक्री, घर भाडालगायतबापत ५० लाख ९५ हजार आम्दानी भएकामा खर्च ११ करोड ४२ लाख रुपैयाँ भएको थियो । आव २०७५/७६ मा २ करोड ४४ लाख आम्दानी गरेको उद्योगको खर्च ११ करोड २६ लाख रुपैयाँ भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)