मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यकर्ता रिझाउन बजेट

annapurnapost.com · Sat Sep 04 06:30:00 GMT 2021

जनकपुरधाम : प्रदेशस्तरीय बहुप्रतीक्षित योजनालाई प्राथमिकतामा राख्नुको साटो प्रदेश २ सरकारले चालू वर्षको बजेटलाई चुनाव केन्द्रित गरेको छ। जनताको आवश्यकता र मागभन्दा पनि नेता, कार्यकर्तालाई खुसी पार्न बजेट विनियोजन गरिएको छ। रातो किताबलाई कालो किताबको संज्ञा दिएको प्रतिपक्षले पनि बजेटमा भागबन्डा मिलेपछि तै चुप मै चुप भएका छन्।

सर्लाहीका समानुपातिक सांसद रामनरेश राय झन्डै साढे तीन वर्षदेखि प्रदेश २ को उद्योग, पर्यटन तथा वनमन्त्री छन्। आफ्नै क्षेत्रमा योजना केन्द्रित गरी आलोचित भएका रायले आलोचनाको कुनै ध्यानै नदिई यस वर्ष पनि आफ्नै क्षेत्रमा ६८ करोड रुपैयाँ विनियोजन गरेका छन्। मतदाता रिझाउन र नेता कार्यकर्ता खुसी पार्न आफ्नो अनुकूल बजेट चलाउनका लागि मन्त्रालयको कुल पुँजीगत बजेटको झन्डै ५० प्रतिशत रकम बिना योजनाकै अबन्डा राखेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)