एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
ratopati.com · Fri Jun 05 05:59:12 GMT 2026

लन्डन । वैज्ञानिकहरूले कृत्रिम बौद्धिकता (एआई)को प्रयोग गरेर नयाँ प्रकारको खोप विकास गरेका छन्, जसले भविष्यमा महामारी रोक्न र विभिन्न प्रकारका भाइरसविरुद्ध व्यापक सुरक्षा प्रदान गर्न सक्ने विश्वास गरिएको छ । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार कुनै खोपको मुख्य तत्त्व पूर्ण रूपमा एआईद्वारा डिजाइन गरी मानवमा परीक्षण गरिएको यो विश्वकै पहिलो प्रयास हो ।
यो खोप विशेषगरी कोरोना भाइरस परिवारका सबै प्रकारका भाइरसविरुद्ध प्रभावकारी हुने लक्ष्यका साथ विकास गरिएको हो । यसले कोभिड–१९ का विभिन्न भेरियन्ट मात्र होइन, जनावरबाट मानिसमा सर्न सक्ने सम्भावित नयाँ कोरोना भाइरसबाट समेत सुरक्षा दिन सक्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)