प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित
baahrakhari.com · Thu May 21 09:02:00 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरबारेको नियमावलीको व्यवस्था कार्यान्वयन गर्न माग गर्दै विपक्षीले अवरोध गरेपछि १५ मिनेटक लागि बैठक स्थगित भएको हो ।
विपक्षी दलले प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था अन्देखा गरिएको भन्दै सदन अवरोध गरेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा रहेको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था कार्यान्वयन गर्न उनीहरूको माग थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)