रास्वपा लुम्बिनी प्रदेश सभापति घिमिरे निर्वाचित, औपचारिक घाेषणा हुन बाँकी
ratopati.com · Sun Jun 14 04:38:02 GMT 2026

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् ।
सभापति पदका लागि ६ जनाबिच प्रतिस्पर्धा भएकोमा कसैले पनि स्पष्ट बहुमत प्राप्त नगरेकाले धेरै मत ल्याउने शालिकराम र गोपालबिच पुनः मतदानको तयारी गरिएको थियो । अन्तिममा सहमतिबाट शालिकराम निर्वाचित भएका छन् । तर निर्वाचन आयाेगले औपचारिक रुपमा निर्वाचन घाेषाणा गर्न बाँकी छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)