युक्रेनद्वारा पहिलोपटक लामो दुरीको क्षेप्यास्त्र प्रहार, पुटिनले दिएका थिए आणविक युद्धको चेतावनी
baahrakhari.com · Tue Nov 19 17:43:16 GMT 2024

काठमाडौं । युक्रेनले पहिलोपटक अमेरिकाबाट प्राप्त लामो दुरीका क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रहार गरेको दाबी रुसले गरेको छ । न्युयोर्क टाइम्सको रिपोर्टका अनुसार, रुसको रक्षा मन्त्रालयले युक्रेनले मंगलबार बिहान ब्रायनस्क क्षेत्रमा ६ वटा लामो दुरीको आर्मी ट्याक्टिकल मिसाइल प्रणाली (एटीएसीएमएस) मिसाइल प्रहार गरेको जनाएको छ ।
रुसले पाँचवटा मिसाइल खसालेको बताएको छ । रिपोर्टका अनुसार, युक्रेनी र अमेरिकी अधिकारीहरूले पनि रुसमाथि एटीएसीएमएस प्रयोग भएको पुष्टि गरेका छन् । अमेरिका र युक्रेन सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)