बाँदर देशभरिकै समस्या
ekantipur.com · Mon May 15 00:24:28 GMT 2023
कान्तिपुरमा बागलुङको जैमिनी नपाको बाँदर नियन्त्रण गर्न पार्क निर्माण सम्बन्धी समाचार पढियो । बाँदर लगायत कतिपय वन्यजन्तु देशभरिकै समस्या हुन् । वन्यजन्तु मार्न पनि नदिने र नियन्त्रण पनि नगर्ने सबै तहको सरकारप्रति खेद छ ।
यो बजेट पनि बनाउने सिजन भएकाले सबै जनप्रतिनिधि अलि बढी सकारात्मक भैदिए हुने थियो । कतिपय ठाउँको बसाइ–सराइको मुख्य कारण नै वन्यजन्तुले दिने दुःख हो । वन्यजन्तुले बर्सेनि गरिब किसानको अर्बौंको बाली नष्ट गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)