माधव नेपाल अस्पताल भर्ना
ekagaj.com · Wed Sep 29 16:14:45 GMT 2021
काठमाडौँ – नकेपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना भएका छन् । बुधबार साँझ ज्वरो आएपछि नेपाल अस्पताल भर्ना भएका हुन् ।
ज्वरो र रुघाखोकीको समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । ‘एक दुई दिनअघि नै उहाँलाई सामान्य ज्वरो र रुघाखोकी देखिएपछि पीसीआर टेस्ट गरिएकोमा कोभिड नेगेटिभ देखिएको थियो । कार्यव्यस्तता र धपेडीका कारण ज्वरो आएको हुनसक्छ,’ केन्द्रीय सदस्य रामकुमारी झाक्रीले इकागजसँग भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)