एमसीसी अनुमोदनका लागि प्रचण्ड र ओलीलाई अमेरिकी सहायक विदेशमन्त्रीको आग्रह
saralpatrika.com · Fri Nov 19 11:01:00 GMT 2021
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
भेटमा विदेशमन्त्री लूले एमसीसी तथा अन्य सहयोगका विषयमा कुराकानी गरेका छन् । लूसँगको भेटपछि अध्यक्ष प्रचण्डले छलफलबाट आफू सन्तुष्ट भएको बताएका छन् । भेटमा लूले नेपालको शिक्षा स्वास्थ्य र स्वच्छ उर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)