हलेसीमा निःशुल्क आँखा जाँच शिविर सुरु, वृद्धवृद्धाको भीड
lokpath.com · Sat Nov 05 16:30:14 GMT 2022
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा तीन दिने निःशुल्क आँखा जाँच शिविर सुरु गरिएको छ । आँखा सम्वन्धी समस्याबाट ग्रसित बिरामीलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र, सहयोग समितिको संयुक्त आयोजनामा शनिबारदेखि निःशुल्क आँखा शल्यचिकित्सा शिबिर सुरु गरिएको हो ।
सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा आयोजना गरिएको शिबिर हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले उद्घाटन गरेका हुन् । मोतिविन्दु भएका, आँखामा मासु पलाएका, मासुको डल्लो पलाएको, परेलाभित्र पसेको लगायतका समस्या झेलिरहेका सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच शिबिर आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)