प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ११ क्षेत्रमा गठबन्धनबीचमै प्रतिस्पर्धा
ekantipur.com · Sat Oct 29 01:29:24 GMT 2022
काठमाडौँ — प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्र भागबन्डा गरे पनि दुवै पक्षको उम्मेदवारी परेपछि तीन क्षेत्रमा गठबन्धनबीचमै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका शीर्ष नेताहरूले केन्द्रबाट भएको भागबन्डाअनुसार अर्को पक्षलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका थिए तर दुवै पक्षले फिर्ता नलिएपछि तीन क्षेत्रमा प्रतिस्पर्धा हुन लागेको हो ।
गठबन्धनका शीर्ष नेताहरूले शुक्रबार एक विज्ञप्तिमार्फत साझा उम्मेदवारहरूको सूची सार्वजनिक गर्दै प्रतिनिधिसभाका तीन स्थानमा प्रतिस्पर्धा हुने जनाएका हुन् । काठमाडौं–१० मा कांग्रेसका राजेन्द्र केसी र माओवादीकी अञ्जना विशंखेबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष नेताबीच गठबन्धनमा भागबन्डा हुँदा यो क्षेत्र कांग्रेसको भागमा परेको थियो । ०७४ को निर्वाचनमा यो क्षेत्रमा केसीले नै जितेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)