युक्रेनी भवनको भग्नावशेषमा भेटियो ४४ शव
baahrakhari.com · Tue May 10 18:30:00 GMT 2022
किभ । रुसी फौजले युक्रेनी सहर इज्युममाथि कब्जा गर्न आक्रमण तीव्र पारिरहेका बेला त्यहाँको एउटा भवनको भग्नावशेषमा ४४ जना सर्वसाधारणको शव फेला परेको छ ।
गत मार्चमा रुसी बमबारीबाट बच्न स्थानीय बासिन्दा भूमिगत तलामा लुकिरहेको अवस्थामा सो पाँच तले भवन ढलेको थियो ।स्थानीय एकजना अधिकारीले उद्धार टोली हालसालै मात्र सो भवनसम्म पुग्न सकेको बीबीसीलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)