सपना मल्लले बुझ्नुपर्ने कुरा
barnanmedia.com · Thu May 21 09:09:31 GMT 2026

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल केही दिनयता विक्षिप्तजस्तै देखिएकी छन् । उनले आफ्नो प्रत्यक्ष सरोकार जोडिएको विषयमा सर्वोच्च प्रशासनलाई आदेश दिइन् । मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिको प्रक्रिया रोक्नुपर्ने माग गरिएको निवेदन दर्ता गर्न उनले दिएको आदेश सर्वोच्च प्रशासनले नै कार्यान्वयनयोग्य ठानेन । कुनै पनि कर्मचारीले उनको आदेश नटेरेपछि त्यो कागजको खोस्टोमा परिणत भयो ।
यसअघि उनले कानुन दिवसका दिन प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा असन्तुष्टि जनाउँदै सार्वजनिक रुपमै आक्रोश पोखिसकेकी थिइन् । उनले त्यस दिन न्यायाधीशहरुलाई विद्रोह गर्न आह्वान गरेकी थिइन् । तर उनको आह्वान कसैले सुनेन । उनको त्यो आक्रोश पनि अरण्यरोदनमा परिणत भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)