असार महिनाका लागि वाणिज्य बैंकहरूले घटाए व्याजदर, कुन बैंकको कति ?
ajakoartha.com · Sun Jun 14 04:45:00 GMT 2026

काठमाडौं- वाणिज्य बैंकहरूले असार महिनाका लागि मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को ब्याजदर पुनः घटाएका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर कटौती गरिएको छ।
असार १ गतेदेखि लागू भएको नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ। यो जेठ महिनाको तुलनामा ०.०७ प्रतिशत बिन्दुले कम हो। जेठमा व्यक्तिगत मुद्दती निक्षेपमा औसत ४.३४ प्रतिशत ब्याजदर कायम थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)