‘बालेन शाह दलाल र बिचौलियाको निशानामा छन्’ भन्दै पूर्व डीआईजी केशव अधिकारीको दाबी
barnanmedia.com · Sun Jun 14 04:41:14 GMT 2026

काठमाडौं — नेपाल प्रहरीका पूर्व डीआईजी केशव अधिकारी ले प्रधानमन्त्री बालेन्द्र शाह दलाल र बिचौलियाहरूको निशानामा परेको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अधिकारीले विगतमा बिचौलियाहरू प्रधानमन्त्रीको नजिकसम्म सहज पहुँच राख्ने गरेको तर अहिले त्यसमा ठूलो परिवर्तन आएको बताएका छन्।
उनका अनुसार, “पहिला बिचौलियाहरू प्रधानमन्त्रीको बेडसम्मै पुग्ने गर्थे, तर अहिले बालेन शाहले दर्शन पनि दिँदैनन्। त्यसैले उनी दलाल र बिचौलियाहरूको निशानामा परेका छन्,” भन्ने टिप्पणी गरेका छन्।
अधिकारीले स्वार्थ समूह र बिचौलिया प्रवृत्तिका व्यक्तिहरूले आफ्नो पहुँच गुमाएपछि सरकार तथा नेतृत्वविरुद्ध विभिन्न गतिविधि गरिरहेको आरोप पनि लगाएका छन्।
उनको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थन र विरोध दुबै प्रकारका प्रतिक्रिया देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)