बिमा प्राधिकरणको लुम्बिनी प्रदेश शाखा संचालन
nayapatrikadaily.com · Sun Jan 29 16:52:00 GMT 2023
नेपाल बिमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालय सञ्चालनमा आएको छ । यसअघि सुदूरपश्चिम, कर्णाली, बागमती, मधेस प्रदेशमा शाखा कार्यालय खोलेको प्राधिकरणले लुम्बिनी प्रदेशमा गत साता नै शाखा कार्यालय स्थापना गरेको हो ।
यद्यपि, लुम्बिनी शाखा कार्यालयको औपचारिक उद्घाटन भने भइसकेको छैन । अब छिट्टै औपचारिक रूपमा शाखा कार्यालयको उद्घाटन गरिने लुम्बिनी कार्यालयका प्रमुख पूर्णबहादुर थापाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)