प्रेरक प्रसंग : बिच्छी र महात्मा
nayapatrikadaily.com · Thu Jan 18 00:12:00 GMT 2024
उहिल्यै नेपालको पवित्र देवघाट क्षेत्रमा विभिन्न साधु, सन्त, महात्मा र तिनका शिष्य बसोवास गर्थे । उनीहरू हरेक बिहान नजिकै रहेको नदीमा स्नान गर्न एकसाथ जाने गर्थे र नदीमा डुबुल्की लगाएर बिहानी स्नान पूरा गर्थे ।
एक दिन एकजना महात्मा बिहानै नदीमा स्नान गरिरहेका थिए । स्नान गर्दैगर्दा अकस्मात् उनले नदीको पानीमा डुब्दै गरेको एउटा बिच्छी देखे । महात्माले सो बिच्छीलाई डुब्नबाट बचाउन आफ्नो अँजुलीमा राखेर त्यसलाई पानीबाट बाहिर ल्याउने प्रयास गरे । तर, बिच्छीले उनलाई डस्यो । बिच्छीको डसाइको पीडा सहेरै पनि उनले त्यसलाई बाहिर निकाल्न पटक–पटक प्रयास गरे, बिच्छीले उनलाई पटक–पटक नै डस्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)