बालेनलाई गुरागाईले झूकाएः यस्तो थियो विवादको मूख्य कारण
nepalbahas.com · Fri Apr 04 04:47:14 GMT 2025

बालेनलाई गुरागाईले झूकाएः यस्तो थियो विवादको मूख्य कारण
२२ चैत, काठमाडौं । अनाधिकृत रूपमा ‘काठमाडौं भ्यू टावर’को नक्सा पास गरेको भन्दै मेयर बालेन साहले काठमाडौं महानगरपालिकाका प्रशासकीय प्रमुख सरोज गुरागाईलाई हाजिर गर्न नदिइ अपमानित गरिएको थियो । घर बिदामा बस्न बाध्य बनाएको १०३ दिनपछि गुरागाईंले बिहीबार कर्मचारीको सहयोगमा हाजिर गरे । लगत्तै मन्त्रालयमा व्रिफिङ पनि गरे । गत पुस ५ पछि कार्यालय जान नपाएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिहीबार कार्यपालिका सदस्य र कर्मचारीहरूको बलमा महानगर छिर्दा एक प्रकारको तनाव भएको थियो । लामो समयसम्म हाजिर गर्न नपाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बिहीबार एक्कासी हाजिर गर्न आउने सूचना आएको आएपछि मेयर बालेनले रोक्ने अनेकन प्रयास गरे । बिहीबार बिहानै मात्र गुरागाईं कार्यालयमा हाजिर गर्न आउने सूचना फैलिदै गर्दा मेयर बालेन भने काठमाडौं बाहिर थिए ।
काठमाडौंबाट विदा मनाउन धुलिखेल पुगेका मेयर साहलाई प्रशासकीय अधिकृत गुरागाईं हाजिर गर्न आउने सूचना पुर्याइएको थियो । गुरागाईं हाजिर गर्न आउने भनेपछि बालेन सचिवालयले नगर प्रहरीलाई जसरी पनि रोक्न आदेश दिएको थियो । कुनै पनि हालतमा हाजिर गर्न नदिन नगर प्रहरीलाई बालेन सचिवालयले निर्देशन दिएको थियो । नगर प्रहरी पनि गुरागाईंलाई रोक्न कस्सिए । कमलादीस्थित महानगरको कार्यालयको मुल ढोकामा बिहानैदेखि महानगरका सुरक्षाकर्मीहरू तैनान गरियो । उता महानगरमा कार्यरत कर्मचारीहरू गुरागाईंको स्वागतमा बसिरहँदा नगर प्रहरी भने गुरागाईंलाई गेटमै रोक्न लागिपरेको थिए । कर्मचारीहरूको समूह एकातिर खादा माला बोकेर गुरागाईंको स्वागत तयारी गर्दै थिए भने अर्कोतिर मेयर बालेनविरुद्ध नाराबाजी भैरहेको थियो ।
नगर प्रहरी लगाएर भएपनि गुरागाईंलाई हाजिर गराउन नदिन मेयर शाहको सचिवालयले निकै कसरत गरेको थियो । तर, महानगरका कर्मचारी र उपप्रमुख सुनीता डङ्गोलसहित वडाध्यक्षहरु गुरागाईंलाई हाजिर गराउनुपर्ने पक्षमा उभिएपछि बालेनले कानुन विपरित गरेका सुरक्षाकर्मीको कुनै जोड चलेन ।
गुरागाईंलाई स्वागत गर्न उपमेयर डङ्गोल नै उपस्थित भएकी थिइन् ।कर्मचारीहरूले ३ महिनादेखि तलब नपाएको, महानगरको आर्थिक विकासको काम ठप्प भएको भन्दै जनप्रतिनिधिहरू गुरागाईंलाई हाजिर गर्न दिनुपर्ने भन्दै केही दिनअघि नै मेयरको कार्यकक्षमा पुगेपनि उनले कुनै जवाफ दिएका थिएनन । कर्मचारीहरूले दबाब दिन थालेपछि उनले संघीय सरकारलाई गाली गरेर सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । तीन महिनाभन्दा लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगर ठप्प जस्तै थियो । महानगरको आर्थिक कारोबार ठप्प भएको थियो । तर, नक्सा पासको विषयमा गडबडी गरेको भन्दै गुरागाईंलाई हाजिर गर्न नदिन अड्डी कसेका बालेनले यसपटक कर्मचारीहरूसँग झुक्नु परेको छ ।
सङ्घीय सरकारलाई बारम्बार नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन बालेनले पत्रदेखि सामाजिक सञ्जालमा स्ट्याटस लेखेर नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन संघीय सरकारलाई दबाब दिएका थिए । तर, प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बालेनको प्रस्ताव अस्वीकार गर्यो । महानगरमा प्रमुख प्रशासकीय अधिकृत बहाल रहेको भन्दै नयाँ मान्छे पठाउन सङ्घ सरकारले अस्वीकार गर्दै आएपछि विवाद बढ्दै गएको थियो । गुरागाईंलाई हाजिर गराउनुपर्ने अडान राख्दै आएको थियो । तर बालेन भने गुरागाईंलाई हाजिर नगराउने आफ्नो अडानमा कायम थिए । कुनै हालतमा हाजिर गर्नै नदिने रणनीति बालेनको थियो । जसका लागि बिहीबार बालेनले तीन रणनीति अपनाए ।
प्रमुख प्रशासकीय अधिकृत आउने हल्लापछि बालेनले उनलाई रोक्न अनेक विधि प्रयोग गरेका थिए । त्योमध्ये एक प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ‘ह्वील लक’ लगाइदिएका थिए । नगर प्रहरीलाई परिचालन गर्दै बालेनको सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक लगाइदिएपछि कर्मचारीहरू झन आक्रोसित भएका थिए । गेटमा स्वागतमा बस्दै गर्दा कर्मचारीहरूले गुरागाईंलाई लिन गाडी पठाउने तयारी गर्न थाले । यो थाहा पाएपछि नगर प्रहरीले पार्किङमा रहेको प्रमुख प्रशासकीय अधिकृत चढ्ने महानगरको गाडीमा ह्वील लक लगाएको थियो । ह्वील लक लगाएको खबर पाएपछि कर्मचारीहरूले नगर प्रहरीलाई चेतावनी दिए । तर उनी आएर हाजिर गरी फर्केका छन् । शुक्रबार उनी कार्यालय आउछन या आउदैनन भन्नेचाहि खुलेको छैन । तर कर्मचारीहरुले शुक्रबार गुरागाई आएर नियमति काम गर्ने बताएका छन् ।
के थियो विवाद ?
आवश्यक कानुनी प्रक्रिया पूरा नगरी काठमाडौँको पुरानो बसपार्कमा निर्माण भइरहेको भ्युटावरको नक्सा पास गर्न कार्यकारी अधिकृत सरोज गुरागाईंले स्वीकृति दिएको आरोप लगाई छानबिन समिति बनाइएको थियो । सो भ्युटावर श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले निर्माण गरिरहेको छ । पुरानो बसपार्कस्थित काठमाडौँ टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिनका लागि समिति बनाएको थियो । २०८१ असोज ७ गते उनले महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरेका थिए ।
तर काम गरेको तीन महिना नपुग्दै उनीमाथि आर्थिक अनियमितताको गम्भीर आरोप लागे पनि उनी आउनुअघि नै नक्सा पासका लागि मेयर बालेनले नै स्वीकृति दिए थिए । एक वर्षअघि नै उनले पाँच लाख रुपैयाँ जरिवाना तोकेर स्वीकृति दिएका थिए । स्वीकृत गरेको पत्रअनुसार मेयर बालेनलाई २०८० मंसिर २७ मा निर्णयार्थ पेस भएको र उनले पुस २ मा स्वीकृति दिएपछि सम्बन्धित कम्पनीले पुस ४ गते जरिवाना तिरेको देखिन्छ । पत्रअनुसार मेयर आफैँले पाँच लाख जरिवाना तोकेको र निर्माण कम्पनीले नक्सा पासको प्रक्रिया अघि बढाएको देखिन्छ । एक वर्षअघि आफैले स्वीकृति दिएको र १९ तले भ्युटावरका लागि २ करोड ३० लाख राजस्वसमेत बुझेको महानगरपालिकाले अहिले विवाद झिकेको थियो ।
श्री जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले नक्सा पास गर्न पेस गरेको संशोधित नक्सामा मेयरले समेत जरिवाना तोकेर स्वीकृति प्रदान गरेको कागजातबाट खुलेको छ । महानगर स्रोतका अनुसार २०८० माघ ६ गते महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले उक्त निर्माण कम्पनीलाई एउटा चिठी लेखी जरिवाना दस्तुर बुझाउन निर्देशन गरेका थिए । उक्त चिठीको बोधार्थ जानकारी मेयरलाई समेत गराइएको थियो । सोही अनुसार जरिवाना बुझाएको देखिएको छ । तत्कालीन प्रशासकीय अधिकृत वसन्त अधिकारीकै पालामा टिप्पणी उठेर मेयर साहले सदर गरेको देखिएको थियो । नागरिकलाई प्राप्त कागजातअनुसार १९ तलाकै नक्सा पासका लागि त्यतिबेला मेयर बालेनले जरिवाना तोकेर स्वीकृत गरेका छन् ।
संशोधित नक्सालाई तत्कालीन प्रमुख प्रशासकीय अधिकृतमार्फत मेयरको पेस गरेका उल्लेख छ । ‘मेयर बालेन्द्रले नै पाँच लाख जरिवाना तोकेर पास गर्न स्वीकृत दिएपछि मात्रै नक्सा पासको प्रक्रिया अघि बढेको थियो,’ महानगरका एक कर्मचारीले भने । ती कर्मचारीका अनुसार दस्तुर निर्धारण गरी सहरी व्यवस्थापन विभागका विभागीय प्रमुख अर्चना श्रेष्ठ शाक्यको हस्ताक्षरबाट दुई करोड ३० लाख राजस्वसमेत निर्धारण गरिएको पत्र लेखिएको छ । सोहीअनुसार सम्बन्धित कम्पनीले दुई करोड ३० लाख दुई हजार २८ रुपैयाँ राजस्व तिरेको थियो । यो विषयमा महानगरपालिकाभित्र पनि विवाद आएको छ । तर बालेनले बनाएको छानवीन समितिले गुरागाईको कुनै पनि भुमिका नदेखिएपछि बालेनले सो प्रतिवेदन नै बुझ्न मानेका थिएनन । उनले प्रतिवेदन बुझ्न नमानेपछि गुरागाईमाथि लगाइएको आरोप पनि पुष्टि भएको थिएन ।
स्थानीय तह
बालेन साह
भ्युटावर
बसपार्क
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप
सम्बन्धित पोस्ट
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने रणनीतिमा असफल भए महानगरका मेयर बालेन
चैत २१, २०८१ बिहिबार
काठमाडौं महानगर विवाद : मेयर बालेनको अवरोध तोडेर हाजिर भए प्रमुख प्रशासकीय अधिकृत गुरागाईं
चैत २१, २०८१ बिहिबार
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयले काठमाडौं महानगरमा तनाव, गेटमा नगर प्रहरी तैनाथ
चैत २१, २०८१ बिहिबार
नेपालबहस ट्रेन्डिङ
'चेनअफ कमान्ड'को उल्लंघनमा महानगरीय प्रहरी प्रमुखलाई होला त कारवाही ?
नेपालबहस संवाददाता
चैत २१, २०८१ बिहिबार
गभर्नर बनाइने व्यक्तिको उमेर बढी भएपछि मापदण्ड संशोधन, अर्थ मातहतमा अब ६५ वर्षे उमेरहद नलाग्ने
नेपालबहस संवाददाता
चैत १९, २०८१ मंगलबार
प्रहरीको चार वटा टिम परिचालनः कहाँ छन दूर्गा प्रसाई ?
नेपालबहस संवाददाता
चैत १९, २०८१ मंगलबार
सार्वजनिक रुपमा माफी मागेपछि प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा फिर्ता
नेपालबहस संवाददाता
चैत २१, २०८१ बिहिबार
Tweets by nepalbahas
लोकप्रिय
१
'चेनअफ कमान्ड'को उल्लंघनमा महानगरीय प्रहरी प्रमुखलाई होला त कारवाही ?
चैत २१, २०८१ बिहिबार
२
सार्वजनिक रुपमा माफी मागेपछि प्रमुख प्रशासकीय अधिकृत विरूद्धको मुद्दा फिर्ता
चैत २१, २०८१ बिहिबार
३
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने रणनीतिमा असफल भए महानगरका मेयर बालेन
चैत २१, २०८१ बिहिबार
छुटाउनुभयो कि?
बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्शन ८०० करोड बढी
चैत २२, २०८१ शुक्रबार
बालेनलाई गुरागाईले झूकाएः यस्तो थियो विवादको मूख्य कारण
चैत २२, २०८१ शुक्रबार
सुरु भयो बिम्स्टेक शिखर सम्मेलन, सदस्य राष्ट्रका सरकार प्रमुखहरुले सम्बोधन गर्दै
चैत २२, २०८१ शुक्रबार
पाँचथरमा डढेलोमा परी युवतीको मृत्यु, ४ जना घाइते
चैत २२, २०८१ शुक्रबार
उदाउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठ सम्पन्न
चैत २२, २०८१ शुक्रबार
सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको छ : मन्त्री खड्का
चैत २२, २०८१ शुक्रबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)