मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सचिवहरुको बैठक : ‘राजस्व चुहावट’ रोक्न कम्मर कस्ने

ratopati.com · Tue Nov 19 19:43:00 GMT 2024

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणका लागि कम्मर कस्ने भएको छ । मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले राजस्व चुहावट नियन्त्रणलाई व्यवस्थित तथा प्रभावकारी बनाउने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणका लागि गठन गर्नुपर्ने अनुगमन टोलीलाई कार्य विवरण दिई काममा खटाउनेछ । यसअघिका बैठकले गरेको निर्णय कार्यान्वयनको प्रगति विवरण सात दिनमा पठाउने र अब हुने सचिवस्तरीय बैठकका निर्णय कार्यान्वयनको प्रगति नियमित रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनुपर्ने निर्णय समेत बैठकले गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)