एसियाली खेलकुद पुरुष क्रिकेट: नेपालले टस हार्यो, भारत पहिला ब्याटिङ गर्दै
nepallive.com · Tue Oct 03 00:47:00 GMT 2023
काठमाडौं – चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले टस हारेको छ। झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजीको क्रिकेट फिल्डमा टस जितेर भारतका कप्तान ऋतुराज गायकवाडले पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्।
क्वाटरफाइनलको पहिलो खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुन लागेको हो। भारतले सिधै क्वाटरफाइनलमा मौका पाएको हो भने नेपाल समूह चरणका दुईवटै खेल जितेर क्वाटरफाइनल प्रवेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)