आईजीपी कार्की अमेरिका प्रस्थान, अधिकारीलाई निमित्त
nepalnews.com · Sun Jul 05 14:38:33 GMT 2026

काठमाडौँ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की अमेरिका प्रस्थान गरेका छन्। उनको अनुपस्थितिमा एआईजी राजन अधिकारीलाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
आईजीपी कार्की संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा हुने ‘चिफ अफ पुलिस समिट’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्। उनको साथमा प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबरा पनि समिटमा सहभागी हुँदै छन्। साथै सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल पनि अमेरिका प्रस्थान गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)