तार्केश्वरमा अतिक्रमित क्षेत्र हटाउन भन्दै डोजर चलाएका मेयर महर्जन यसो भन्छन्
setopati.com · Thu May 21 09:24:44 GMT 2026

तार्केश्वर नगरपालिकाले वडा नम्बर ३ तीनपिप्ले क्षेत्रमा बिहीबार डोजर चलाएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध रूपले बनाइएका टहरा, पर्खाल तथा अन्य संरचना भत्काउन डोजर चलाएको नगरपालिकाका मेयर कृष्णहरि महर्जनले बताएका छन्।
सर्वोच्च अदालतले वैशाख २५ गते सुकुम्बासी बस्ती नभत्काउन अन्तरिम आदेश जारी गर्दा गर्दै किन डोजर चलाइयो भन्ने प्रश्नमा मेयर महर्जनले भने, 'नगरपालिका क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन थालेको एक महिना भइसक्यो। अदालतले सुकुम्बासी बस्ती नभत्काउन भनेको हो, अतिक्रमित क्षेत्र नहटाउन भनेको होइन।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)