सुदूरपश्चिम विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने फिल्म फेस्टिभल
ratopati.com · Thu Apr 27 23:17:00 GMT 2023
दोधारा चाँदनी । शुक्रबारदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ । नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो । आज पत्रकार सम्मलेन गर्दै नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रबारदेखि तीन दिनसम्म महोत्वस हुन लागेको जानकारी दिएको छ ।
नेपाल युरोपियनका उपराजदूत डा जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताए । “महोत्सवमा मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तक्र्रियात्मक छलफल हुनेछ”, डा जोलीले भने, “यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने रहेको छ ।” उनले महोत्सवमा निःशुल्क सहभागी जोसुकैले हेर्न पाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)