मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

देशभक्तको खाँचो

nayapatrikadaily.com · Tue May 30 00:20:00 GMT 2023

एकपटक अमेरिकाका राष्ट्रपति अब्राहम लिंकनले रक्षामन्त्रीमा आफ्ना कट्टर आलोचकलाई रोजे, जो जहिले पनि उनीविरुद्ध केही न केही बोलिरहन्थे । एक दिन राष्ट्रपति लिंकनका एक साथी उनलाई भेट्न आए र रक्षामन्त्रीको कुरा गर्दै उनले सोधे, ‘तपाईंले जुन मानिसालई रक्षा मन्त्रालय सुम्पिनुभएको छ, उसका बारे के तपाईंलाई राम्रोसँग थाहा छ ?’

‘हो थाहा छ, किन, के भयो र ?’ राष्ट्रपतिले आश्चर्य मान्दै सोधे । तब ती सज्जनले भने, ‘हिजो एउटा सभामा उनले तपाईंमाथि व्यंग्य गर्दै भने, तपाईं हेर्दा दुब्लो–पातलो गुरिल्लाजस्तो देखिनुहुन्छ ।’ ‘हो यो सब मैले आज बिहानको समाचारपत्रमा पढिसकेँ ।’ योभन्दा पहिलेको सभामा उनले तपाईंलाई भाँडको उपाधि दिएका थिए ।’ ती सज्जनले लिंकनलाई उकास्ने स्वरमा भने । ‘हो, यो पनि मलाई थाहा छ,’ राष्ट्रपतिले मुस्कुराउँदै भने । यो सब सुनेपछि ती सज्जनले केही दिक्क मान्दै बोले, ‘उनले अनकौँपटक यसरी तपाईंको अपमान गरिसकेका छन् र यो सब तपाईंलाई राम्ररी थाहा भएर पनि तपाईंले उनलाई यति महत्वपूर्ण पद किन सुम्पिनुभयो त ।’ ‘अरे साथी, महत्वपूर्ण पदमा न बसाएको हो, कुनै गलत स्थानमा त होइन नि,’ राष्ट्रपतिले मुस्कुराउँदै भने । तर, ती सज्जन नराम्रोसँग रिसाउँदै बोले, ‘तर तपाईं किन बुझ्नुहुन्न कि यसले तपाईंको प्रतिष्ठा खराब हुन्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)