घरमा लुकाएर राखिएको साढे ३६ लाख बढीको भेपसहित ८ जना पक्राउ
annapurnapost.com · Thu May 21 09:25:27 GMT 2026

काठमाडौं : घरमा लुकाएर राखिएको विद्युतीय चुरोट (भेप)सहित ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ की ४४ वर्षीया मम्माया तामाङ, ३५ वर्षीय राजकुमार तामाङ, ४७ वर्षीया छोमाया तामाङ, धादिङको गंगाजमुना गाउँपालिका -३ का २५ वर्षीय सहिन गुरुङ, बाजुरा बढिमालिकानगरपालिका-१० घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय सागर खत्री, नुवाकोटको तादी गाउँपालिका-४ का २७ वर्षीय सुवास तामाङ र ओखलढुङ्गाको भदौरे गाउँपालिका-६ का २६ वर्षीय नेत्र बहादुर थापा मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ दाहलफेदीकी ४४ वर्षीय मम्माया तामाङको घरमा चेकजाँच गर्ने क्रममा कोठाभित्र लुकाएर राखिएको भेपसहित उनीहरूलाई पक्राउ गरिएको हो। घरको कोठामा लुकाएर राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र ६ वटा कार्टुनमा ३६ लाख ७५ हजार रुपैयाँ बराबरको १ हजार २२५ थान भेप बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)