मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महासंघमा उदीयमान उद्योगी बलराम सापकोटाको दाबेदारी: निजी क्षेत्रको सशक्त आवाज बन्ने अठोट

barnanmedia.com · Tue Apr 07 21:46:54 GMT 2026

छोटो समयमै लोभलाग्दो व्यावसायिक सफलता र ख्याति हासिल गर्न सफल युवा व्यवसायी बलराम सापकोटाले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औं वार्षिक साधारण सभा तथा अधिवेशनका लागि एशोसिएट (खुला) तर्फ कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

ऊर्जावान, दूरदर्शी र परिणाममुखी नेतृत्वको छवि बनाएका सापकोटाले उपाध्यक्ष उम्मेदवार ज्योत्स्ना श्रेष्ठको समूहबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । होटल, पर्यटन तथा सेवा क्षेत्रमा उल्लेखनीय लगानी गरेका उनी पूर्वी नेपालको प्रतिष्ठित लक्जरी होटल ‘मेची क्राउन’का सञ्चालक हुन् । यस होटलले क्षेत्रीय आतिथ्य उद्योगमा नयाँ मानक स्थापित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)