प्रेरक प्रसंग : जीवन बदल्ने संवाद
nayapatrikadaily.com · Thu Sep 14 00:05:00 GMT 2023
एक टेलिभिजन साक्षात्कारमा भारतीय अर्बपति रतन टाटासँग पत्रकारले सोधिन्– तपाईंलाई जीवनमा सबैभन्दा बढी खुसी कहिले र के कुराले गराएको छ ?
एकछिन सोचेर रतन टाटाले भने– म मेरो जीवनमा खुसीका चार चरणको कुरा गर्छु । पहिलो चरण ः धन कमाउने र धन संग्रह गर्ने । यस चरणमा मलाई त्यो खुसी मिलेन, जुन म चाहन्थेँ । दोस्रो चरण : बहुमूल्य सामान अथवा वस्तुको संग्रह गर्ने । मलाई बिस्तारै महसुस भयो, यो पनि अस्थायी सुख हो । मूल्यवान् वा महँगा सामानको चमक पनि लामो समय टिक्दैन । तेस्रो चरण : ठुल्ठूला प्रोजेक्ट प्राप्त गर्ने । ती परियोजनामा काम गर्ने, मनग्य आम्दानी गर्ने । त्यतिवेला भारत र अफ्रिकामा डिजेल आपूर्तिको ९५ प्रतिशत हिस्सा मेरो हातमा थियो । म भारत र एसियामै सबैभन्दा ठूलो इस्पात कारखानाको मालिक थिएँ । तैपनि, मलाई त्यो खुसी प्राप्त भएन, जुन कल्पना गर्थें ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)