तुलसीपुरबाट झन्डै डेढ लाख रकमसहित ५ जुवाडे पक्राउ
setopati.com · Wed Jul 07 17:34:00 GMT 2021
दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित जुवाको खालबाट पाँच जुवाडे पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का ३७ वर्षीय खड्गबहादुर वली, तुलसीपुर ५ का ३७ वर्षीय शरन श्रेष्ठ, तुलसीपुर ६ का ४१ वर्षीय मिन केतन गिरी, घोराही उपमहानगरपालिका वडा नं. ७ का ४१ वर्षीय बिनोद खाती र घोराही १५ का ३१ वर्षीय छबि गिरी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)