मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा हमास आक्रमण : १० नेपालीको मृत्यु, दुई दिनदेखि ४७ जना बंकरमा

ekantipur.com · Mon Oct 09 01:14:41 GMT 2023

काठमाडौँ — दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको पुष्टि भएको छ । मृत्यु हुने सबै छात्र हुन् । इजरायलस्थित नेपाली दूतावासले आइतबार विज्ञप्ति जारी गरी १० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

तेलअविवस्थित नेपाली दूतावासका अनुसार किवुज अलुमिनमा रहेका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । एक जना बेपत्ता छन् । घाइते चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने दुई जना सकुशल छन् । मृतकको शव नेपाल पठाउनका लागि इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको नेपाली दूतावासले जनाएको छ । ‘सम्पर्कविहीन रहेका एक जना नेपालीको खोजी कार्य जारी छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)