मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ जना नायव महानिरीक्षक डीआईजी को दरबन्दी थपिदैं, अनि बढुवा हुने

barnanmedia.com · Tue Nov 19 21:46:46 GMT 2024

गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गर्ने तयारी अघि बढाएको छ। मन्त्रालय स्रोतकाअनुसार जनपदतर्फ ३ जना र प्राविधिकतर्फ २ जना गरेर ५ डीआईजी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतीका लागि पठाइएको छ।

प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको योजना तथा अन्वेषण निर्देशनालयले तीनजनाको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव अघि बढाएपछि प्रहरी प्रधान कार्यालयले उक्त प्रस्ताव गृह मन्त्रालयमा पेश गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिम केन्द्र) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा डीआईजीको दरबन्दी थप गर्नुपर्ने प्रस्ताव गरिएको हो। यी तीनवटै ठाउँमा एसएसपीको दरबन्दी रहे पनि अहिले डीआईजी नै खटाइँदै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)