छानबिन समितिको निस्कर्ष : राज्यमन्त्री विमला वली दोषी
nepallive.com · Sat Jul 02 16:38:00 GMT 2022
बुटबल– लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली दोषी रहेको पाइएको छ। राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुर्व्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ।
मुख्यमन्त्री कुलप्रसाद केसीलाई शनिबार प्रतिवेदन हस्तान्तरण गर्दै छानबिन समितिका संयोजक आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वली अनाधिकृतरूपमा अरूको घरमा जानु कमजोरी भएको बताए। मन्त्री शर्माले एकराज बस्नेत र मन्त्री वलीबीच लेनदेन बाँकी रहेको पुष्टि गर्दै लेनदेनकै लागि एकराजको घरमा पुग्नु गलत भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)