मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पको धम्की विरूद्ध मानव साङ्लो बनाउँदै इरानीहरू

barnanmedia.com · Tue Apr 07 22:39:48 GMT 2026

खाडी क्षेत्रको युद्ध थप तनावपूर्ण बन्दै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’सभ्यता नै खतम पार्ने’ धम्की दिएका छन् । गत फेब्रुअरीमा सुरु भएको अमेरिकी–इजरायली हमला पश्चात् इरानले ’स्ट्रेट अफ हर्मुज’मा कडाइ गरेपछि विश्वभर इन्धनको मूल्य बढ्यो ।

हर्मुजबाट अमेरिका, इजरायल तथा उनीहरूका सहयोगी मुलुकका जहाज वारपार हुने रोक्ने इरानी घोषणासँगै युद्ध थप पेचिलो बन्दै गएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले हर्मुजको नाका खोल्न पटक पटक दबाब दिँदै आएका थिए । पछिल्लो पटक उनले सामाजिक सञ्जाल ’ट्रुथ सोसियल’मा लेख्दै इरानमा एउटा सभ्यता नै समाप्त हुन सक्ने धम्की दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)