मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको लुम्बिनी नेतृत्व शालिकरामको हातमा, सहमतिबाट बने सभापति

kalakarmi.com · Sun Jun 14 05:04:38 GMT 2026

रूपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । उनी यसअघि प्रदेश समितिको उपसभापतिको जिम्मेवारीमा थिए ।

सभापति पदका लागि भएको निर्वाचनमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि सर्वाधिक मत प्राप्त गरेका शालिकराम घिमिरे र गोपाल घिमिरेबीच पुनः मतदानको तयारी गरिएको थियो । तर अन्ततः आपसी सहमतिमार्फत शालिकराम सभापतिमा निर्वाचित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय