मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा अष्ट्रेलियाको अग्रता, इरानकुन्डाको गोलले टर्की दवावमा

kalakarmi.com · Sun Jun 14 05:04:48 GMT 2026

काठमाडौं– भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘डी’ अन्तर्गतको खेलमा अष्ट्रेलियाले पहिलो हाफ सकिँदा टर्कीमाथि १–० को अग्रता बनाएको छ ।

खेलको २७औँ मिनेटमा युवा फरवार्ड नेस्टोरी इरानकुन्डाले उत्कृष्ट काउन्टर अट्याकलाई गोलमा परिणत गर्दै अष्ट्रेलियालाई अग्रता दिलाए । पाउल ओकोन–एङ्स्टलरको लामो पासमा इरानकुन्डाले संयमित फिनिस गर्दै टर्कीको जाली चुमाएका थिए ।

पहिलो हाफभर टर्कीले बल नियन्त्रणमा स्पष्ट दवदवा बनाए पनि अष्ट्रेलियाको संगठित रक्षा पङ्क्ति भेद्न गर्न सकेन । टर्कीका कप्तान हाकान चाल्हानोग्लु र युवा स्टार अर्दा गुलरले आक्रमण बुन्ने प्रयास गरे पनि गोल निकाल्न सफल भएनन् ।

खेलको तथ्यांकअनुसार टर्कीसँग करिब ६९ प्रतिशत बल नियन्त्रण रहेको छ भने अष्ट्रेलियाले सीमित अवसरलाई सदुपयोग गर्दै अग्रता जोगाएको छ । टर्कीले केही खतरनाक प्रहार गरे पनि अष्ट्रेलियाका गोलकिपर प्याट्रिक बीचले उत्कृष्ट बचाउ गर्दै टोलीलाई अघि राखेका छन् ।

अब दोस्रो हाफमा टर्की पुनरागमनको खोजीमा रहने छ भने अष्ट्रेलिया महत्त्वपूर्ण तीन अंकतर्फ अग्रसर देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय