रास्वपामा आन्दोलनको विपक्षमा माहोल बन्दै, डिपीलाई बैठकमा कोरम पुर्याउनै हम्मेहम्मे
barnanmedia.com · Tue Nov 19 22:25:24 GMT 2024

आफ्ना सभापति रवि लामिछाने पक्राउविरुद्ध आन्दोलनरत रास्वपा शिथिल भएको छ। २ कात्तिकमा पक्राउ परेका रवि कास्की प्रहरीको हिरासतमा छन्। उनलाई बुटवल लगेर पनि बयान लिइएको थियो। काठमाडौं पनि ल्याउने तयारी छ।
तर, जसरी रवि पक्राउविरुद्ध रास्वपा आक्रामक भएको थियो, त्यसरी नै शिथिल बनेको छ। चीन भ्रमणमा रहेको रास्वपा टोेली रवि पक्राउ पर्न वितिक्कै काठमाडौं फर्किएको थियो। स्थल र हवाइमार्ग भएर रास्वपाका सबै केन्द्रिय नेताहरु पोखरा पुगे। पोखरामा सर्वसाधारणको साथ नपाएपछि काठमाडौं फर्किएर प्रदर्शन भयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)