आइफोन १३ को बिक्री १ करोड कम हुने
onlinekhabar.com · Fri Oct 15 01:43:26 GMT 2021
काठमाडौं । मोबाइल फोनमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् चिपको विश्वव्यापी अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का लागेको छ । चिप अभावकै कारण आइफोन १३ को बिक्रीमा १ करोड गोटाले कटौति हुने भएको छ ।
सन् २०२१ को अन्त्यसम्ममा विश्व बजारमा ९ करोड गोटा आइफोन १३ सिरिज बिक्रि गर्ने लक्ष्य एप्पलको थियो । तर आइफोनका लागि चिप उत्पादन तथा आपूर्ति गर्ने ब्रोडकम र टेक्सास इन्स्ट्रुमेन्ट लगायतका कम्पनीहरुले अपेक्षित रुपमा नयाँ आइफोनको चिप उपलब्ध गराउन नसकेपछि एप्पलले आइफोन १३ को बिक्रिको लक्ष्यमा संशोधन गर्न बाध्य भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)