आफ्नै अहं र अराजकताले कुलमान पुग्दै छन् रविको हालतमा
barnanmedia.com · Tue Nov 19 22:36:40 GMT 2024

रवि लामिछाने आफ्नै अहं र अराजक व्यवहारको शिकार बनेर अहिले प्रहरीको हिरासतमा पुगेका छन् । तत्कालीन प्रेस काउन्सिलले सम्झाउँदा पनि रविले नेपाली नागरिकता विधिसम्मत तवरले ब्युँताउनु आवश्यक ठानेनन् । जीबी राई र छविलाल बन्जाडेजस्ता अवैधानिक तवरले हर्बो नेटवर्किङ व्यवसायमा जोडिएका व्यक्तिहरुसँग व्यावसायिक साझेदारी गर्न पुगे । पर्याप्त समय र अवसर हुँदाहुँदै उनीहरुसँगको व्यावसायिक कारोबारको बिट नमारी उनी राजनीतिमा हाम फाले ।
टेलिभिजन कार्यक्रमबाट आर्जित लोकप्रियताका आडमा उनले नियम कानुनको अवमूल्यन गरे । राज्यभन्दा माथि आफूलाई राख्न थाले । अनि आफूलाई कसैले केही गर्न नसक्ने भन्दै संसदीय समिति बनाएर देखाउन चेतावनी समेत दिए । अन्ततः संसदीय समिति बन्यो र त्यसले उनलाई कानुनी कारबाहीको दायरामा ल्याइछाड्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)