फेरि मौसम बदली, आइतबार ठाउँ-ठाउँमा वर्षा र हिमपातको सम्भावना
thahakhabar.com
काठमाडौँ : फेरि मौसममा बदली हुने भएको छ। शनिवार रातिदेखि नै बदली शुरु भएको र आइतवार विहानैदेखि देशभर साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतवार कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा साथै बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। महाशाखाले सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)