कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त
nagariknews.nagariknetwork.com · Thu May 21 09:22:30 GMT 2026

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगमा दुई सदस्यलाई आज नियुक्त गरेका छन्।
प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिद्वारा सिफारिस एवं प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम प्रदेश लोकसेवा आयोगको सदस्य पदमा विराटनगर–३, मोरङकी रूपा थापा ओझा र उर्लाबारी–५, मोरङका भीमबहादुर सुब्बा (फुदोङ) लाई नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)