अध्यागमनले सुरू गरेको 'डिजिटल टाइम कार्ड' के हो?
annapurnapost.com · Thu May 21 09:33:21 GMT 2026

काठमाडौं : अध्यागमन विभागले ‘डिजिटल टाइम कार्ड’ प्रणाली सुरु गरेको छ। विभागले बिहीबार पत्रकार सम्मेलनमार्फत नयाँ प्रणाली सार्वजनिक गर्दै यसले सेवाग्राहीले आफ्नो आवेदनको अवस्था ‘रियल टाइम’मै ट्र्याक गर्न सक्ने जनाएको छ।
विभागका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत सार्वजनिक सेवाका प्रक्रियालाई डिजिटल, ट्र्याकिङयोग्य र पारदर्शी बनाउने उद्देश्यअनुसार यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)