मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सनाखतको बहानामा रोकियो नियुक्ति, दाबीकर्ताका समर्थकलाई परिचयपत्रसहित उपस्थित हुन आह्वान

annapurnapost.com · Sat Oct 14 00:44:47 GMT 2023

विराटनगर : कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो। एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरका केदार कार्की र गठबन्धनबाट माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले समयमै दाबी पेस पनि गरे। तर, गठबन्धनमा विद्रोह गरेर कांग्रेसका कार्की एमालेको समर्थनमा मुख्यमन्त्रीको दाबेदार बनेपछि सुरु भयो कांग्रेसमा किचलो। यसैकारण समयमा मुख्यमन्त्री नियुक्त भएनन्। सनाखतको बहानामा प्रदेश प्रमुख पर्शुराम खापुङले आफैंले दिएको समय पनि त्यत्तिकै टारिदिए।

मुख्यमन्त्री नियुक्तिमा ढिलाइ गरेपछि एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की र मुख्यमन्त्रीको दाबी पेस गरेका कार्कीले शुक्रबार प्रदेश प्रमुखसँग छलफल गरेका थिए। छलफलमा उनले समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत शनिबार गर्ने प्रस्ताव गरे। सुरुमा उक्त प्रस्तावप्रति कार्कीद्वय सहमत भएनन्। उनीहरूले तत्काल सनाखत गरेर मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेका थिए। तर, प्रदेश प्रमुखले अडान नछाडेपछि सनाखत गरेरमात्रै मुख्यमन्त्री नियुक्त गर्ने प्रस्तावमा समर्थन जनाउन उनीहरू बाध्य भए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)