ट्रम्प र पुटिन दुवैलाई किन चाहिएको छ चीन ?
ratopati.com · Thu May 21 09:47:00 GMT 2026

हातमा झन्डा बोकेर हाँसिरहेका बालबालिकाहरू, गार्ड अफ अनर, बन्दुकको सलामी र मार्चिङ ब्यान्ड । ग्रेट हल अफ द पिपुल बाहिर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो पछिल्लो चीन भ्रमणका क्रममा एक हप्ताअघि चीन पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै स्वागत पाए ।
केही दिनको अन्तरालमा दुई ठुला अर्थतन्त्रका राष्ट्रपतिहरूको भ्रमणबाट सी चिनफिङले संसारसामु प्रस्तुत गर्न चाहेको कुरा भनेको सबैसँग कुराकानी, कुनै एकसँग बाधिएर नबस्ने हो । चीनका लागि यी भ्रमणहरू उसको विशाल अर्थतन्त्र र हालसालै हासिल भएको कूटनीतिक ताकतका कारण अब सबै बाटो बेइजिङतर्फ आउँछन् भन्ने कुराको प्रमाण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)