मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेँसीसहर, सुन्दरबजार र राईनासद्वारा अतिक्रमण हटाउन ताकेता, ३५ दिने अल्टिमेटम

gorkhapatraonline.com · Thu May 21 09:45:52 GMT 2026

लम्जुङका स्थानीय तहले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन ताकेता गर्न थालेका छन् । सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण हटाउन बेँसीसहर, सुन्दरबजार र राईनास नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै ताकेता गरेका हुन् । उनीहरूले अवैध संरचना नहटाए स्थानीय तह आफैँले हटाउनेसमेत चेतावनी दिएका छन् ।

बेँसीसहर नगरपालिकाले बाटो, कुलो, पोखरी, मसानघाट, गौचरनलगायत सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनाइएका घर, टहरा वा अन्य संरचना ३५ दिनभित्र आफैँ हटाउन निर्देशन दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोजसिंह बोहराले मङ्गलबार जारी गर्नुभएको सूचनामा नगरपालिकाले तोकिएको अवधिभित्र अतिक्रमण नहटाए कानुनअनुसार डोजर लगाएर संरचना हटाइने र त्यसको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिइएको छ । साथै, सार्वजनिक जग्गा मिचिएको जानकारी भए प्रमाणसहित नगरपालिका वा वडा कार्यालयमा उजुरी दिन नगरवासीलाई आह्वान गरिएको छ । सूचना दिने व्यक्तिको विवरण गोप्य राखिने नगरपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)