‘कक्रोच जनता पार्टी’को एक्स अकाउन्ट बन्द, के भन्छन् दीपके ?
nepalpress.com · Thu May 21 09:46:52 GMT 2026
काठमाडौं। सामाजिक सञ्जालमा चर्चामा रहेको ‘कक्रोच जनता पार्टी’ अभियान सुरु गर्ने अभिजित दीपकेले उक्त अभियानको एक्स ह्यान्डल भारतमा प्रतिबन्धित गरिएको दाबी गरेका छन्।
उनले आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत जानकारी दिँदै भने, “जसको डर थियो, त्यही भयो। पहिले उनीहरूले हाम्रो अकाउन्ट ह्याक गर्ने प्रयास गरे। जब ह्याक गर्न सकेनन्, त्यसपछि हाम्रो ट्विटर ह्यान्डल भारतमा बन्द गरियो। तपाईंहरू एक्समा गएर हेर्न सक्नुहुन्छ, हाम्रो ‘कक्रोच जनता पार्टी’को आधिकारिक ट्विटर ह्यान्डल भारतमा देखिएको छैन।”
उनले थप भने, “म चाहन्छु, तपाईंहरू सबैले आवाज उठाउनुहोस् र हाम्रो ट्विटर ह्यान्डल किन बन्द गरियो भनेर प्रश्न गर्नुहोस्। त्यहाँ यस्तो के लेखिएको थियो? हामीले त कुनै गलत कुरा लेखेका थिएनौं। हामी त केवल मन्त्रीको राजीनामा मागिरहेका थियौं। एक विद्यार्थीले आत्महत्या गरेका थिए, त्यसैले हामी मन्त्रीको राजीनामा मागिरहेका थियौं। तपाईंहरू सबैले किन यस्तो गरियो भनेर प्रश्न उठाउनुहोस् र यसको विरोधमा आवाज उठाउनुहोस्।”
भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गर्दै दिएको अभिव्यक्तिपछि ‘कक्रोच जनता पार्टी’ नामक सामाजिक सञ्जाल अभियान सुरु गरिएको थियो।
यस अभियानको इन्स्टाग्राम ह्यान्डलमा करिब १ करोड ३० लाखभन्दा बढी फलोअर्स रहेका छन्। यो संख्या तीव्र गतीमा बढ्दो छ।
Kathmandu. Abhijit Deep, who started the 'Kakroch Janata Party' campaign that is trending on social media, has claimed that the campaign's X handle has been banned in India.
He informed through his Instagram handle, "What was feared happened. First they tried to hack our account. When they couldn't hack it, then our Twitter handle was blocked in India. You can go to X and see, the official Twitter handle of our 'Kakroch Janata Party' is not visible in India."
He added, “I want all of you to raise your voice and question why our Twitter handle was closed. What was written there? We did not write anything wrong. We were only demanding the resignation of the minister. A student had committed suicide, so we were demanding the resignation of the minister. All of you should raise your voice and protest against this.”
A social media campaign called 'Kakroch Janata Party' was launched after the Chief Justice of India's Supreme Court, Surya Kant, made a statement comparing youth to 'cockroaches'.
The campaign's Instagram handle has over 13 million followers, and this number is growing rapidly.
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)