सुख्खा मण्डनदेउपुरका ५ हजारभन्दा बढी घरधुरीमा केही महिनाभित्रै इन्द्रावतीको पानी पुग्ने
nepalpress.com · Thu May 21 09:45:32 GMT 2026

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । खानेपानीको चरम अभाव झेलिरहेका मण्डनदेउपुर नगरका घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पु¥याउने प्रक्रिया थालिएको हो ।
लिफ्टिङ प्रविधिको उक्त आयोजनाले हाल विभिन्न ट्याङ्कीमा पानी तानेर परीक्षण कार्य भइरहेको छ । पाँच हजार ५०० परिवारका लागि सञ्चालित आयोजनाले हाल पहिलो ‘स्किम’ अन्तर्गत सोतेस्थित पानीको स्रोतबाट ७ नं वडास्थित रातमाटे डाँडामा निर्माण भएको पानी प्रशोधन केन्द्र (ट्रिडमेन्ट प्लाण्ट) मा पानी तानेर परीक्षण सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर लामाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)