मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धनकाे साथ पाउँदा पनि घनश्याम संसद भवन छिर्नबाट वञ्चित, छविलाल विश्वकर्मा विजयी

ekagaj.com · Fri Nov 25 17:41:12 GMT 2022

रुपन्देही- रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई पछि पार्दै नेकपा एमालेका नेता छविलाल विश्वकर्मा विजयी भएका छन् । पूर्व एमाले नेता भुसाललाई ३ हजार ५ सय ६४ मतले पछि पार्दै उनी पिजयी बनेका हुन् ।

छविलालले २४ हजार ८७२ मत ल्याएका छन् भने भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । एमालेबाट विद्राेह गरेका भुसाललाई सत्ता गठबन्धनको समर्थन रहेकाे थियाे । तर पनि उनले एमालेका उम्मेदवारलाई हराउन सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)