मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसईई परीक्षा मर्यादित बनाउन प्रधानमन्त्रीको निर्देशन

gorkhapatraonline.com · Fri Mar 31 01:06:41 GMT 2023

काठमाडौँ, चैत १७ गते । आज (शुक्रवार) देश सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुभएको छ । शुक्रवार बिहान आफ्नो फेसबुक मार्फत परीक्षामा सहभागी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्नुहुँदै परीक्षा मर्यादित बनाउन सम्बन्धित सबैमा अपिल गरेको हो ।

परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठका अनुसार परीक्षामा सम्मिलित हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)